पात्रो

रेडियो

समाचार खोजी

सोमबार नेप्से २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा

साझा अर्थ संवाददाता २६ कार्तिक २०८१, सोमवार

 

काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा पुगेको छ । सोमबार नेप्सेमा कुल ११ अर्ब बढीको कारोबार भएको छ।  
कारोबारमा आएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। 
 
सोमबार सपोर्ट लघुवित्त, सामुदायीक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। तर, इस्टर्न जलविद्युत कम्पनीको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ भने समृद्धि फाइनान्सको सेयर मूल्य ९.७१ प्रतिशतले घटेको छ। 

सोमबार लघुवित्त समूहमा सर्वाधिक ३.२० प्रतिशतलको वृद्धि देखिएको छ। बैंकिङ समूह १.०४ प्रतिश, लगानी समूह १.२८ प्रतिशत, जीवन बिमा समूह १.६६ प्रतिशत, उत्पादन समूह ०.०१ प्रतिशत र म्युचअल फन्ड समूह ०.१५ प्रतिशतले बढेको छ। 

 

326 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता