काठमाडौं । यती एअरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान सुरु गर्ने भएको छ ।
यात्रुहरुले यती एअरलाइन्सबाट २ हजार ५०० रुपियाँमा भैरहवा–पोखरा उडान गर्न पाउने भएको छ । यती एयरलाइन्सले दैनिक रुपमा भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्न लागेको हो ।
भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे रहेको छ । हाललाई एकतर्फी हवाई भाडा रु। २५०० कायम गरिएको कम्पनीले जनाएको छ ।
साझा अर्थ संवाददाता