पात्रो

रेडियो

समाचार खोजी

नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड

साझा अर्थ संवाददाता २६ कार्तिक २०८१, सोमवार

काठमाण्डौ । नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड २०२४ प्राप्त गरेको छ ।  
एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको असोसियो डिजिटल शिखर सम्मेलन २०२४ मा फाउन्डेसनले उक्त अवार्ड पाएको हो ।  

एभरेष्ट कम्युनिटी नेटवर्क ९ईसीएन० परियोजना सञ्चालन गरेर डिजिटल सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान गरेवापत फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड पाएको छ । समुद्र सतहदेखि ४ हजार मिटरको उचाईमा नेपाल इन्टरनेट फाउन्डेसनले इको टुरिजम प्रवर्द्धन, वातावरण संरक्षण र इन्टरनेट जडान दिन खुन्दे र खुम्जुङ गाउँमा एभरेष्ट कम्युनिटी नेटवर्क स्थापना गरेको छ ।  

द्यष्शकजबबिक्उयलकयचभम
क्जष्खबm ऋझभलतक्उयलकयचभम
ऋन् ःयतयचकक्उयलकयचभम
परियोजनाले यी बस्तीहरूमा इन्टरनेट जडान गर्दै स्थानीय शेर्पा समुदायलाई डिजिटल उपकरण र स्रोतहरू उपलब्ध गराएर दुर्गम हिमाली गाउँहरू खुन्दे र खुम्जुङमा डिजिटल विभाजनलाई कम गर्न विशेष भूमिका खेलेको छ ।  

गत अगस्ट १६ मा नेपालको खुम्बु क्षेत्रको थामे गाउँमा आएको विनाशकारी बाढीको समयमा एभरेष्ट कम्युनिटी नेटवर्क सञ्चार प्रक्रियामा ठूलो भूमिका खेलेको थियो ।  

त्यसले गर्दा भरपर्दो इन्टरनेट पहुँचले कसरी जीवन बचाउन सक्छ रु समुदायको सुरक्षा गर्न सक्छ र कठिन परिस्थितिमा पनि प्रभावकारी विपद् प्रतिक्रियालाई सहज बनाउन सक्छ रु भन्ने उदाहरण देखिएको छ ।  

परियोजनाको प्रविधिको नवीन प्रयोग, शिक्षा, स्वास्थ्य सेवा, सूचना, पर्यटन प्रवर्द्धन र शेर्पा होमस्टे, इन्टरनेट बैंकिङ र सामुदायिक संलग्नतामा महत्वपूर्ण भूमिका निर्बाह गरेबापत नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको हो ।  

298 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ