पात्रो

रेडियो

समाचार खोजी

होण्डाको १० लाख नगद पुरस्कार जित्ने भाग्यशाली विजेता घोषणा

साझा अर्थ संवाददाता २६ कार्तिक २०८१, सोमवार

 


काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ १० लाख रुपैयाँ नगद पुरस्कार जित्ने भाग्यशाली विजेता घोषणा गरेको छ ।​​​​​​​ दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनाअन्तर्गत​​​ चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु।१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउने घोषणा कम्पनीले गरेको थियो ।

जसमा ६ जना भाग्यशाली ग्राहकहरूले पहिले नै रू। १ लाख रुपैयाँ जितिसकेका छन् भने १० लाख जित्ने विजेता कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमान बनेका छन् । उनले सिद्धि विनायक अटो इन्टरनेशनल प्रालि भैरहवाबाट सीबी साइन डीएसएस बाइक खरिद गरेका थिए । स्क्र्याच कार्डमार्फत उनले उक्त नगद जितेका हुन् ।

222 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ