पात्रो

रेडियो

समाचार खोजी

सानिमा बैंक–दराज सम्झौता, ‘दराज ११.११’ योजनामा २५०० सम्म छुट

साझा अर्थ संवाददाता २६ कार्तिक २०८१, सोमवार

काठमाडौं। सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘दराज ११।११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ। योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिलोलाई प्राथमिकताका आधारमा छुट पाउनेछन्।

छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले १३ प्रतिशत प्रतिवर्षका दरले २४ महिनासम्मका लागि मासिक किस्ताबन्दी इएमआई सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यो योजना २०८१ कात्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ। बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर उपलब्ध गराएर डिजिटल भुक्तानी प्रयोगमा प्रोत्साहन गर्दै आएको छ। 

बैंकले हाल १३३ शाखा र १२४ एटिएमबाट बैंकिङ कारोबार गर्दै आएको छ।

275 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ