पात्रो

रेडियो

समाचार खोजी

सामसङको मिडरेन्ज ग्यालेक्सी ए १६ फाइभ जी सार्वजनिक

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

काठमाडौं । सामसङले मिडरेन्ज स्मार्टफोन सामसङ ग्यालेक्सी ए १६ फाइभ जी सार्वजनिक गरेको छ ।

६ वर्षको सफ्टवेयर सपोर्ट भएको प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, आईपी ५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टम रहेको छ ।

यो फोनलाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गरिएको छ । यसको मोटाई ७.९ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ए १६ फाइभ जीले प्रिमियम फिनिश र विशिष्ट की आइल्याण्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ । जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन् ।

यसमा शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, फाइभ एमपी अल्ट्रा–वाइड क्यामेरा र टू एमपी म्याक्रो क्यामेरा रहेको छ । यो फोनमा १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरुको स्तरलाई बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट, एवं माइक्रो एसडी मार्फत १ टिबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।

यो फोनमा ५००० एमएएच ब्याट्री रहेको छ । ६÷१२८ जिबी भेरियन्टको मूल्य २८ हजार ९९९, ८÷१२८ जिबी भेरियन्टको ३० हजार ९९९ र ८÷२५६ जिबी भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको छ । यो प्रत्येक फोनको खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क पाइने छ । यी उत्पादनहरु १२ नोभेम्बर २०२४ देखि बजारमा उपलब्ध हुनेछ ।

275 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ