पात्रो

रेडियो

समाचार खोजी

भिभो वाई १९ एस सार्वजनिक

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

भिभोले वाई सिरिजको पछिल्लो उत्कृष्ट फोन, भिभो वाई १९एस, सार्वजनिक गरेको छ । यो फोनले आकर्षक डिजाइन र मनोरञ्जनात्मक विशेषताहरू प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । जसले यसलाई युवा पुस्ताको लागि स्मार्ट सामाजिक साथीको रूपमा स्थापित गर्ने छ ।  

कम्पनीका अनुसार भिभो वाई १९एसले डाइनामिक लाइटसहितको स्टाइलिश डिजाइन प्रस्तुत गर्दै स्मार्टफोनको सौन्दर्यलाई नयाँ उचाइमा पु¥याएको छ । साथै, फोनको क्यामेरा मोड्युलसँग सुन्दर रूपमा मिलाइएको यो अभिनव ब्रीदिङ लाइट फिचरले सूचनाहरूको लागी मात्र नभई, प्रयोगकर्ताहरूको दैनिक जीवनमा आउने विभिन्न परिदृश्यहरू जस्तै कलहरू आउँदा, फोटो सुटिङ काउन्टडाउन, गेम सुरु हुँदा, संगीत सुन्दा, र ब्याट्री चार्जिङको समयमा लाइटलाई अनुकूलन गर्ने सुविधा प्रदान गर्दछ। 

भिभो वाई १९एस दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध छ, जसले बनावट र प्रकाश प्रतिबिम्बको अद्वितीय खेल प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । पर्ल सिल्भर मोडेलले इरिडेसन्ट कोटिंग प्रयोग गरेर इन्द्रेणीका रङहरूको चमकदार दृश्य दिन्छ , जबकि डायमण्ड ब्लयाक संस्करणले डायमण्डजस्तो चमक दिने सूक्ष्म र आकर्षक बनावट समेटेको छ । यी रंग विकल्पहरूले फोनलाई स्टाइलिश बनाउनुका साथै प्रयोगकर्ताहरूलाई आफ्नै शैलीअनुसार छनोट गर्ने अवसर दिनेछ ।

भिभो वाई १९एस एक अद्वितीय दृश्य–अनुभवको लागि डिजाइन गरिएको छ । यो फोनमा ६.६८ इन्चको ९० हर्ट्ज डज डिस्प्ले रहेको छ ।

युवा प्रयोगकर्ताहरूलाई ध्यानमा राखेर तयार गरिएको भिभो वाई १९एसले आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनको संयोजन प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।  यो दुई भेरियन्टमा उपलब्ध छ । ४/१२८ जिबी स्टोरेजको मूल्य रू. १६ हजार ९९९ र ६/१२८ जिबी स्टोरेजको मूल्य रू. १८ हजार ४९९ रहेको छ । 

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ