पात्रो

रेडियो

समाचार खोजी

नेप्से ६२.५४ अंक बढेर २७ सय ३८ बिन्दुमा

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

 

काठमाडौं । साताको पहिलो कारोबार दिन  आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६२.५४ अंकले उकालो लागेर २७ सय ३८ को विन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये सबै समुहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समुहको परिसुचक २ सय ८६ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचकमा २ सय ५९ अंकको वृद्धि देखिएको छ । बजारमा सबैभन्दा बढी बैंकिङ समुह २४ अंकले उकालो लाग्दा जलविद्युत समुह १ सय ४३ अंकको वृद्धि देखिएको छ । 

यस्तै आज विकास बैंक समुहको परिसुचक १ सय ४३, उत्पादनमुलक समुहको १ सय ६१, वित्त समुहको ८६, लघुवित्त समुहको परिसुचक ७५ अंकले उकालो लागेका छन् ।

यसरी आज कारोबारमा आएकामध्ये २ सय २८ कम्पनीको सेयरमुल्य उकालो लाग्दा १३ कम्पनीको सेयरमुल्य ओरालो लागेको छ ।
आज कारोबार अवधिभर ३ सय २५ कम्पनीका २ करोड २४ लाख ७४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ७७ करोड ११ लाख २४ हजार माथि पुगेको छ ।

193 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता