पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख नियुक्त

साझा अर्थ संवाददाता १६ साउन २०८१, बुधवार

काठमाडौँः राष्ट्रपति रामचन्द्र  पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखको नियुक्ति गर्नु भएको छ । मन्त्रिपरिषद्को  साउन १४ गतेको बैठकको निणर्य एवं सिफारिसमा राष्ट्रपतिले मंगलवार प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली  प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा बुधवार नियुक्त गर्नुभएको राष्ट्रपतिको कायालय शितल निवासले जनाएको छ ।

273 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता