पात्रो

रेडियो

समाचार खोजी

क्रसर व्यवसायी महासंघको महाधिवेशन कार्तिक ३० गते बर्दिवासमा

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अधिवेशन कार्तिक ३० गते बर्दिबासमा हुने भएको छ । महासंघको १०औँ र ११औँ वार्षिक साधारणसभा र तेस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।   

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने  महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी हुने महासंघले जनाएको छ । यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्नेछ । तीन वर्षका लागि नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अघि बढाइने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता