पात्रो

रेडियो

समाचार खोजी

डेढ लाख पोलिसी सरेन्डर गरेर बिमितले लगे १८ अर्ब ३२ करोड फिर्ता

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार


   
पछिल्लो १५ महिनामा करिब डेढ लाख बिमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको साउनदेखि चालु आवको असोजसम्म  एक लाख ४२ हजार ३३ वटा बिमा पोलिसी सरेन्डर भएका छन् । उक्त संख्यामा पोलिसी सरेन्डर गरेर बिमितले १८ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ फिर्ता लगेका छन् । त्यसमा गत आव ०८०र८१ मा १४ अर्ब ५० करोड १२ लाखबराबरका एक लाख १३ हजार नौ सय ७६ वटा पोलिसी सरेन्डर भएका थिए । चालू आवको पहिलो त्रैमासमा तीन अर्ब ८२ करोड ४६ लाख रुपैयाँबराबरका २८ हजार ५७ वटा पोलिसी सरेन्डर भएका छन् । यसरी पोलिसी सरेन्डर उच्च हुँदा पनि बिमा पहुँच घटेको प्राधिकरणको भनाइ छ ।

बिमितले सामान्यतः १०, १५, २०, २५ वर्षलगायत अवधि राखेर बिमा गर्छन् । तर, तीन वर्षको किस्ता तिरेपछि बिमितले अवधि नसकिँदै पनि पोलिसी सरेन्डर गरेर रकम फिर्ता लैजान पाउँछन् ।  

296 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता