पात्रो

रेडियो

समाचार खोजी

तत्काल आइपिओ जारी गर्न सात लघुबित्तलाई प्राधिकरणको निर्देशन, डेढ अर्बको आइपीओ आउने

साझा अर्थ संवाददाता २३ कार्तिक २०८१, शुक्रवार



काठमाण्डौ । लघु बीमा कम्पनीहरुलाई तत्काल साधारण सेयर (आईपीओ) निश्कासन गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ ।  प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्दा नै कायम चुक्तापुँजीको ३० प्रतिशत सर्वसाधारणको लागि आईपीओ जारी गरी चुक्तापुँजी जुटाउन निर्देशन दिएको थियो । सोही बमोजिम तत्काल आईपीओ निष्कासन गरी लघुबीमाको चुक्तापुँजी बढाउन प्राधिकरणले निर्देशन दिएको हो । 
 प्राधिकरणले लघुबीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ७५ करोड पु¥याउनु पर्ने व्यवस्था गरेको छ । सोमध्ये ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको लगानी हुनुपर्नेछ । सोही बमोजिम सर्वसाधारणको लागि आईपीओ जारी गर्न प्राधिकरणले निर्देशन दिएको हो ।  
 हाल ४ निर्जीवन लघु बीमक र ३ लघु जीवन बीमक गरी ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् ।  ७ वटा लघुबीमा कम्पनीको १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन हुनेछ ।

320 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता