पात्रो

रेडियो

समाचार खोजी

कर्पोरेट ग्राहकलाई टेलिकमको नयाँ अफर,

साझा अर्थ संवाददाता २१ कार्तिक २०८१, बुधवार

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टीपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । कम्पनीले यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् । 

४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् । यस्तै ११ वटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् ।

यस सेवा सम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिनेछ ।

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता