पात्रो

रेडियो

समाचार खोजी

नेप्से १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा

साझा अर्थ संवाददाता २१ कार्तिक २०८१, बुधवार

 


काठमाडौं। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा बन्द भएको छ ।  
 बुधबार कारोबार रकममा भने वृद्धि भएर कुल ४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ११ करोडको कारोबार भएको थियो। 

बुधबार कारोबारमा आएकामध्ये १२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

बुधबार नारायणी विकास बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.१२ प्रतिशतले बढेको छ। नेपाल फाइनान्सको सेयर मूल्यमा भने सर्वाधिक अर्थात् ८.२६ प्रतिशतको गिरावट आएको छ। 

216 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्