पात्रो

रेडियो

समाचार खोजी

साना कम्पनीको सेयर किनबेच गर्न छुट्टै प्रणाली, क्रेडिट रेटिङ आवश्यक नपर्ने

साझा अर्थ संवाददाता २१ कार्तिक २०८१, बुधवार

 

साना तथा मझौला कम्पनीको सेयर कारोबार सञ्चालन गर्न धितोपत्र बजार ९नेपाल स्टक एक्सचेन्ज, नेप्से०ले स्वचालित विद्युतीय प्रणाली स्थापना गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट प्रस्तावित साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ को मस्यौदामा केही संशोधन गर्दै अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको नियमावलीमा यस्तो व्यवस्था छ । यस्तो कारोबार प्रणालीमा मूल्य र समय प्राथमिकताका आधारमा कारोबार हुने व्यवस्था गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।
प्रस्तावित मस्यौदा मन्त्रिपरिषद्बाट पारित भएमा २५ करोडसम्मका चुक्ता पुँजी भएका कम्पनीहरूले क्रेडिट रेटिङ गर्नुपर्नेछैन ।

नेप्सेले सेयर सूचीकरणपछिको पहिलो कारोबारको मूल्य र त्यसपछि हुने कारोबार मूल्यबिचको अन्तर, अघिल्लो दिनको बजार बन्द हुँदा कायम रहेको मूल्य र अर्को दिन सुरु कारोबार मूल्यबिचको अन्तर, लगातार ६० दिनसम्म कारोबार नभएको धितोपत्रको पुनः कारोबार हुँदा कायम हुने सुरु मूल्य र कारोबार समय र कारोबार मूल्यका आधारमा कायम हुने प्रत्येक दिनको मूल्य परिवर्तनको सीमा निर्धारण गर्न सक्ने मस्यौदामा उल्लेख छ ।

त्यस्तै, आइपिओबाहेकको सेयर निष्कासन गरी बाँडफाँट भएको तीन वर्षसम्म बिक्री गर्न नपाउने मस्यौदामा उल्लेख छ ।

637 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता