पात्रो

रेडियो

समाचार खोजी

एनएलजी इन्स्योरेन्सको १०ः६.२५६ को अनुपातमा हकप्रद मंसिर ११ बाट

साझा अर्थ संवाददाता २१ कार्तिक २०८१, बुधवार

 

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । पुस १ मा बन्द हुने हकप्रद शेयर कम्पनीले १०ः६.२५६ को अनुपातमा प्रतिशेयर १००  रुपैयाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२  रुपैयाँबराबरको ९६ लाख ३१ हजार २२.२२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

 यसका लागि कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्नेछ । कात्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयर खरिद गर्न पाउनेछन् । 
 धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रीय कार्यालय, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिने बैकले जनाएको छ ।

हकप्रद शेयर बाँडफाँटपपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२  रुपैयाँ पुग्नेछ छ ।

331 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता