समता घरेलु लघुवित्तले निष्काशन गरेको एफपीओमा १४ लाखभन्दा बढीको आबेदन परेको छ । यो माग गरिए भन्दा ६० गुणा बढी हो ।
जसमा कुल आवेदक मध्ये ३५ हजार ९० जनाले मात्र शेयर पाउने छन् । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ।
कम्पनीले कार्तिक १२ देखि कार्तिक २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपीओ निष्काशन गरेको हो।
साझा अर्थ संवाददाता