स्याङजाः चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई घर निर्माण गरिदिएको छ । चापाकोट गाउँपालिका वडा नम्बर १० भुमरीघाटकी माया भट्टराई र सोही पालिक वडानम्बर ४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको हो ।
चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् मंगलवार हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले जानकारी दिनुुभयो । प्रतिघर रु दुई लाख ८० हजारका दरले रु १६ लाख ८० हजारको लागतमा छवटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख खाणको भनाई रहेको छ । नगरपालिकाकाको वडा नं १ र ७ मा एक-एक घर तथा वडा नं ४ र १० मा दुई-दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
साझा अर्थ संवाददाता