पात्रो

रेडियो

समाचार खोजी

१ लाख ६१ हजारले लिए ब्यक्तिगत स्थाई नम्बर

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यानं) लिने सेवाग्राहीको संख्या १ लाख ६१ हजार नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ । चालु आवको असोजसम्म व्यवसायिक फर्म, कम्पनी वा संस्थागत रुपमा स्थायी लेखा नम्बर लिनेको संख्या २९ हजार ३९६ पुगेको राजस्व विभागले जनाएको छ ।

समीक्षा अवधिमा ६ हजार ५०१ व्यवसायिक कम्पनीहरु मूल्य अविवृद्धि कर (भ्याट) मा दर्ता भएका छन् भने तीन हजार २८७ कम्पनीहरु अन्तःशुल्कमा दर्ता भएका छन् । यसैगरी ७३७ वटा कम्पनी तथा फर्मले थ्रेसहोल्ड स्थायी लेखा नम्बर लिएको राजस्व विभागले जनाएको छ । 

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्