पात्रो

रेडियो

समाचार खोजी

उपत्यकामा बाढीले मच्चायो वितन्डा एक को मृत्यु

साझा अर्थ संवाददाता १६ साउन २०८१, बुधवार

काठमाडौंः काठमाडौ उपत्यकामा अविरल वर्षा पछि आएको बाढीले वितन्डा मच्चाएको छ । उपत्यकाको काठमाडौं ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा घरहरुमा बाढी पसेको छ । 
यस्तै बल्खु खोलामा एक जना मृत अवस्थामा फेला परेका छन् । बल्खुखोलामा आएको बाढीका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । मृतक बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो भएको प्रहरीको भनाई रहेको छ । बधवार विहान करिब सातबजे उनको शब बल्खुपुल मुनी अड्किएको अवस्थामा फेला परेको थियो । 
यसैगरी च्यासल क्षेत्र, शंखमुल, सानेपा, इमाडोल, कालिमाटी बजार क्षेत्र, लगायतका क्षेत्रहरुमा बाढी पसेको छ । भक्तपुरका जगाती  लगायतका क्षेत्रमा पनि बाढीले क्षति पर्‍याएको छ । उपत्यकाका साना ठूला सबै नदीहरुमा बाढी आएको छ । अहिले कतिपयस्थानमा बाढी कम भएपनि बाढीको कारण हिलो थुप्रिन गई आवत जावत गर्न समस्या उत्पन्न भएको छ ।

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता