आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारयो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत कात्तिक १४ गते सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला २ हजार ९० रुपैयाँ पुगेको छ ।
साझा अर्थ संवाददाता