पात्रो

रेडियो

समाचार खोजी

सेयर बजार १४.४३ अंकले घटेर  २६७७.६२ बिन्दुमा

साझा अर्थ संवाददाता १४ कार्तिक २०८१, बुधवार

 

काठमाडौं। तिहार अघिको अन्तिम कारोबार दिन बुुधबार सेयर बजार १४.४३ अंकले घटेर  २६७७.६२ बिन्दुमा रोकिएको छ।

बुधबार सूचकसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा कुल ५ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  कारोबारमा आएका मध्ये ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै ५ कम्पनीको सेयर मुल्य भने स्थिर छ।

बुधबार गुँरास लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा अपर स्यांगी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

यस्तै, कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत, सानिमा जीआइसी इन्स्योरेन्सको ९.९२ प्रतिशतले बढेको छ।

जानकी फाइनान्स कम्पनीको सेयर मूल्य ४.९० प्रतिशत, जीवन बिमा कर्पोरेट कम्पनी ४.८० प्रतिशत, माथिल्लो मैलुन खोला जलविद्युत कम्पनी ४.५५ प्रतिशत र माईखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ। 

247 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता