पात्रो

रेडियो

समाचार खोजी

विन्ध्यवासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर दिने

साझा अर्थ संवाददाता १४ कार्तिक २०८१, बुधवार

काठमाडौं ÷विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १३ कात्तिकमा बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।  साधारण सभा मंसिर ६ गते  नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।


साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज हुनेछ । तसर्थ, कात्तिक २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।  

238 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता