पात्रो

रेडियो

समाचार खोजी

नेपाललाई विश्व बैंकको २० अर्ब ऋण, विपद् प्रभावितमा खर्चिइने

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच हालै १५० मिलियन अमेरिकी डलर नेपाली रुपैयाँ २० अर्ब बराबरको वित्तीय सम्झौता भएको छ । नेपालमा प्राकृतिक वा जलवायुजन्य विपद् तथा स्वास्थ्य आपतकालका लागि सहायतास्वरूप आपतकालीन वित्तीय सहयोग प्रदान गर्न विश्व बैंकले नेपाल सरकासँग सम्झौता गरेको हो ।

नेपाल विपद सहनशीलता विकास नीति ऋण ९क्याट डीडीओ०ले विपद् प्रतिकार्यमा सुधारका लागि नीतिगत र नियामक सुधारलाई समर्थन गर्ने गरेको छ । साथै प्रभावकारी प्रतिकार्यका लागि संस्थागत संरचनालाई सुदृढ बनाउने विश्व बैंकले जानकारी दिएको छ । यसले सरकारलाई पूर्व–सूचना प्रणाली सुधार, जोखिम न्यूनीकरण, जोखिमअनुकूल लगानी तथा महत्त्वपूर्ण पूर्वाधार निर्माणमा आवश्यक नीति, संस्था र नियामक संरचनाको विकास गर्न सहयोग पुर्याउनेछ । साथै, यसले सार्वजनिक स्वास्थ्य संकटको तयारी बढाउने कार्यलाई पनि समर्थन गर्नेछ ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका थिए । सो अवसरमा उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र दक्षिण एसियाली क्षेत्रका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रायजर पनि उपस्थित थिए ।


अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले भने, ‘क्याट डीडीओले नेपाललाई जलवायुजन्य तथा प्राकृतिक प्रकोप र स्वास्थ्य संकटको व्यवस्थापनका लागि पूर्व–वित्तीय तयारीमा सहयोग पुर्याउँछ । यसले संकटको समयमा अत्यावश्यक लचकशील वित्तीय सहयोग प्रदान गर्नेछ, जुन आर्थिक दबाबको समयमा विशेष महत्त्वपूर्ण हुन्छ ।’

क्याट डीडीओले सरकारको विपद् व्यवस्थापन प्रणालीलाई थप सहयोग पुर्याउँछ । यो प्रणालीले राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्री विपद् राहत कोष जस्ता सरकारका हालका प्रकोप प्रतिकार्य यन्त्रहरूलाई समेत पूरक भूमिका निर्वाह गर्नेछ ।

विश्व बैंकका क्षेत्रीय देश निर्देशक डेभिड सिस्लेनले भने, ‘क्याट डीडीओ एक नवीन विपद् जोखिम वित्तीय उपकरण हो, जसले सरकारले आकस्मिक आवश्यकतामा शीघ्र प्रतिकार्य गर्न मद्दत पुर्याउँछ र चलिरहेका विकास कार्यक्रमहरूलाई प्रभावित नगरी वित्तीय सहायता प्रदान गर्दछ। यो सहकार्यले नेपाल सरकारलाई विपद् जोखिम न्यूनीकरण, तयारी, प्रतिकार्य तथा पुनःस्थापनामा थप सुदृढता ल्याउनेछ।’

यस कार्यक्रमलाई ग्लोबल फ्यासिलिटी फर डिजास्टर रिक्स रिडक्सन एन्ड रिकभरी ९जीएफडीआरआर० र भूकम्प आवास पुनर्निर्माण बहु–प्रणाली ट्रस्ट फण्डले पनि प्राविधिक सहयोग प्रदान गरेको छ । यसमा क्यानाडा सरकार, अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था ९यूएसएआईडी०, विदेशी, राष्ट्रमण्डल र विकास कार्यालय ९एफसीडीओ० तथा स्विस विकास सहयोग संस्था ९एसडीसी० पनि समावेश छन् ।
 

322 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता