पात्रो

रेडियो

समाचार खोजी

कीर्तिपुरमा केन्द्रीय कार्यालय रहेको दर्शन सहकारी समस्याग्रस्त घोषणा

साझा अर्थ संवाददाता १२ कार्तिक २०८१, सोमवार

 

काठमाडौंको कीर्तिपुरमा केन्द्रीय कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ । आइतबार बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी रजिस्ट्रारको कार्यालयका कानुन अधिकृत मनोजकुमार गुप्ताका अनुसार सो सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको गुनासो र निरन्तरको छलफलपश्चात् पनि बचतकर्तासँगका सहमति कार्यान्वयन नगरेकाले समस्याग्रस्त घोषणा गरिएको हो ।

छानबिनका क्रममा बचतकर्ताको रकम फिर्ता गर्न नसकेकाले सहकारी रजिस्ट्रारको कार्यालयको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको कानुन अधिकृत गुप्ताको भनाइ छ ।सहकारीविरुद्ध दुई सयभन्दा बढी सदस्यहरूले बचत रकम फिर्ता माग गर्दै उजुरी दर्ता गरेको र पटक–पटकको छलफलमा भएका सहमति सञ्चालन समितिले कार्यान्वयन नगरेपछि सदस्यहरूको सुझावअनुसार समस्याग्रस्त घोषणा गरिएको हो । ०८० पुस २ मा रजिस्ट्रार कार्यालयमा सहकारीका सञ्चालक समितिका अध्यक्ष दिनेश दर्शनधारीसहित एक सय ३८ जना सदस्यबिच छलफल भएको गुप्ताले बताए । 

त्यसअघि ०८० असोज ६ मा नै कीर्तिपुर नगरपालिकाले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न निर्णयसहित रजिस्ट्रार कार्यालयमा सिफारिस गरेको थियो । सहकारीमा नौ हजार आठ सय ५७ जना सदस्य रहेका छन् भने सो सहकारीको कुल सम्पत्ति एक अर्ब ५७ करोड चार लाख रहेको छ ।

सहकारीको जम्मा बचत दायित्व ८६ करोड ८० लाख ८६ हजार रुपैयाँ रहेको छ । सहकारीको जम्मा सेयर पुँजी २२ करोड ४५ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष चार करोड २५ लाख ७९ हजार रुपैयाँ, ऋण लगानी एक अर्ब ४५ करोड १३ लाख ४५ हजार रुपैयाँ र तिर्नुपर्ने बाह्य ऋण ३४ करेड ७६ लाख १६ हजार रुपैयाँ देखिएको छ ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता