पात्रो

रेडियो

समाचार खोजी

तिहारमा राष्ट्र बैंकले सुन र चाँदीको असर्फी बेच्ने

साझा अर्थ संवाददाता ९ कार्तिक २०८१, शुक्रवार

 


तिहारमा नेपाल राष्ट्रबैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियन  बिक्री गरिने दिनहरु तोकिदिएको छ ।  
राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक सूचना जारी गर्दै  यो वर्ष  सुनको असर्फी एकदिन मात्र बिक्री गर्ने जनाएको छ । केन्द्रीय बैंकसँग रहेको मौज्दात असर्फी २.५ ग्राम प्रति व्यक्ति एकथानका दरले पहिलो आउनेलाई प्राथमिकताको नीतिअनुसार कात्तिक १३ गते (धनतेरस)को दिन बिहान ११ बजेदेखि बिक्री खुल्ला हुनेछ । मौज्दात कायम रहेमा अपरान्ह ४ बजेसम्म सुनका असर्फी खरीद गर्न पाइनेछ । 
चाँदीको स्मारिका तथा मेडालियन चाहिँ कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म९गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राममध्येबाट० बिक्री गरिनेछ ।  

 

250 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता