पात्रो

रेडियो

समाचार खोजी

१५० सार्वजनिक निकायमा सरकारको ८ खर्ब २७ अर्ब लगानी

साझा अर्थ संवाददाता ९ कार्तिक २०८१, शुक्रवार

सरकारले एक सय ५० वटा संस्थामा सेयर र ऋण गरी कुल आठ खर्ब २७ अर्ब ५१ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष ०८०र८१ सम्म सरकारले तीन खर्ब ९५ अर्ब १९ करोड ३४ लाखबराबर सेयर लगानी र चार खर्ब ३२ अर्ब ३२ करोड ७७ लाख ऋण लगानी गरेको हो । यस अवधिसम्म कुल लगानीमा ऋणको अंश ५२ प्रतिशत र सेयरको अंश ४८ प्रतिशत रहेको कार्यालयले जनाएको छ । 

सरकारले लगानी गरेअनुसारको प्रतिफल भने प्राप्त गर्न सकेको छैन । गत आवमा लगानी बढे पनि साँवा–ब्याज असुली पाँच अर्ब ८२ करोड आठ रुपैयाँले घटेको छ । तर, लाभांश प्राप्त भने १९ अर्ब २२ करोड ७९ लाख रुपैयाँले बढेको छ । उक्त आवमा सरकारले साँवा, ब्याज र लाभांश गरी कुल ६१ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ प्राप्त गरेको कार्यालयको तथ्यांक छ ।

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता