काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभिन्न बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो सम्झौतासँगै नेपालबाट अध्ययनका लागि क्यानाडा जाने विद्यार्थी, स्थायी रुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको विभिन्न बैकिङ सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन-प्राप्त गर्न सहज हुनेछ ।
ग्लोबल आइएमई बैंकले सबैका लागि बैंक बनाउँदै विभिन्न सेवा तथा सुविधासहितका योजना मार्फत आफ्ना ४७ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको जनाएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदैआएको छ ।
साझा अर्थ संवाददाता