काठमाडौं /जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १५ हजार ७३८ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनी ४३ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले घटेर ४ करोड ९३ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५ करोड १० लाख रुपैयाँ थियो ।
६९ करोड ४ लाख चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ४३ करोड ९ लाख छ । इपीएस ४० रुपैयाँ पुगेको फाइनान्सको प्रतिसेयर नेटवर्थ भने ६७.९० रुपैयाँ रहेको छ ।
साझा अर्थ संवाददाता