काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेड चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा २ करोड ४० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा पनि कम्पनी २ करोड २ लाख घाटामा थियो । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत प्रतिबेदन अनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने ९०.०५ प्रतिशतले वृद्धि भएर २ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीको सञ्चालन नाफा २ करोड ४० लाख ऋणात्मक छ ।
समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि २ लाख ८८ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने २५ करोड ७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
यो अवधिसम्म २ अर्ब ९१ करोड निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब १६ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ११.७५ प्रतिशतबाट घटेर १०.३६ प्रतिशतमा सिमित भएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.२९ रुपैयाँ ऋणात्मक, पीई अनुपात ४३९.५९ गुणा ऋणात्मक,प्रतिसेयर नेटवर्थ १३५.८६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५७९.१२ रुपैयाँ र तरलता अनुपात ४८.७१ प्रतिशत कायम भएको छ ।
साझा अर्थ संवाददाता