पात्रो

रेडियो

समाचार खोजी

तीन महिनाको व्यापार घाटा साढे तीन खर्ब

साझा अर्थ संवाददाता ७ कार्तिक २०८१, बुधवार



काठमाडौं । चालु आवको पहिलो ३ महिनामा ४ खर्ब २९ अर्ब रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो ३ महिना ९साउन–असोज०सम्म गत आवको सोही अवधिको तुलनामा समग्र वैदेशिक व्यापार ४.३५ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको पहिलो ३ महिनामा कुल ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको नेपालले  समिक्षा अवधिमा नेपालको आयात व्यापार ४.१७ प्रतिशतले घट्दा निर्यात व्यापार ६.११ प्रतिशतले घटेको छ ।  चालु आवको असोजसम्म नेपालको व्यपार घाटा साढे तीन खर्ब देखिएको छ । 

  गत आर्थिक बर्षको पहिलो ३ महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले चालु आवको सोही अवधिमा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको देखिन्छ ।  गत आवको पहिलो त्रैमासमा ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले चालु आवको सोही अवधिमा जम्मा ३८ अर्ब ३७ करोड रुपैयाँको मात्रै वस्तु निर्यात गरेको देखिन्छ ।

229 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता