काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नबिल बैंकले २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी चार अर्ब १४ करोड, सञ्चालन नाफा २ अर्ब ८९ करोड ३४ लाख ५९ हजार रुपैयाँ छ ।
बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ छ ।
साझा अर्थ संवाददाता