पात्रो

रेडियो

समाचार खोजी

तीन महिनामा बाणिज्य बैंकको नाफा १६ अर्ब २३ करोड

साझा अर्थ संवाददाता ७ कार्तिक २०८१, बुधवार



काठमाडौं÷चालु आर्थिक बर्षको पहिलो तीन महिनामा  सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको खुद नाफा १६ अर्ब २३ करोड १९ लाख कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासअनुसार बैंकहरुको खुद नाफा गत वर्षको तुलनामा २१.६३ प्रतिशतले बढेको छ । गत बर्ष असोजसम्म बैंकहरुले  १३ अर्ब ३४ करोड खुद नाफा गरेका थिए । चालु आवको असोजसम्म् सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडि देखिएको छ । बैंकले समिक्षा अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड, प्राइम कर्मसियलले १ अर्ब २८ करोड, एनइमबिले १ अर्ब १४ करोड, एभरेष्ट बैंकले १ अर्ब १२ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र प्रभुले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । स्ट्यान्डर्ड चार्टडले ८६ करोड २२ लाख, एसबिआई बैकले ८१ करोड ४६ लाख, हिमालयनले ७२ करोड ६४ लाख, नेपाल बैकले ६० करोड २२ लाख, लक्ष्मी सनराईजको ५३ करोड ६३ लाख, माछापुछ्रे ५० करोड ३२ लाख, सानिमा ३९ करोड ९५ लाख, सिद्धार्थ ३८ करोड २० लाख, सिटिजन २४ करोड सात लाख, कृषि विकाश बैंकको १९ करोड ९ लाख, राष्ट्रिय बाणिज्य बैंकले १५ करोड १३ लाख नाफा कमाएको छ ।

सबैभन्दा कम एनआइसी एसिया बैंकले जम्मा ११ करोड रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।


 

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता