चालु आर्थिक बर्षको पहिलो तीन महिनामा एनएमबि बैंकको खुद मुनाफा १९ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले १ अर्ब १४ करोड खुद मुनाफा कमाएको छ । तर,
बैंकको खुद ब्याज आम्दानी करिब ११ प्रतिशतले घटेर १ खर्ब ९९ अर्ब पुगेको छ।
यस अवधिमा बैंकको निक्षेप १० दशमलब १० प्रतिशतले बढेर २ खर्ब ४६ अर्ब पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ६ अर्ब पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रहेको छ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ ९५ पैसा छ भने प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ ९५ पैसा छ। त्यस्तै बैकको खराब कर्जा अनुपात ३ दशमलब ६३ प्रतिशत छ।
साझा अर्थ संवाददाता