पात्रो

रेडियो

समाचार खोजी

तीन महिनामा एक लाखभन्दा बढी घरजग्गा कारोबार, १० अर्ब राजस्व

साझा अर्थ संवाददाता ६ कार्तिक २०८१, मङ्गलवार

चालु आवको तीन महिनामा देशभर एक लाख सात हजार एक सय ६० घरजग्गा कारोबार भएका छन् । यसबाट सरकारलाई
१० अर्ब ६५ लाख राजस्व प्राप्त भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । गत आवको सोही अवधिमा भने घरजग्गा कारोबारबाट १० अर्ब चार करोड ३० लाख यस्तो राजस्व उठेको थियो । अघिल्लो बर्ष एक लाख १४ हजार आठ सय ३० वटा यस्तो कारोबार भएका थिए ।  
गत आवभर ४२ अर्ब एक करोड ३२ लाख रुपैयाँ यस्तो राजस्व उठेको विभागको तथ्यांक छ । विभागका अनुसार साउनमा तीन अर्ब ८३ करोड ५० लाख र भदौमा तीन अर्ब नौ करोड दुई लाख राजस्व उठेको थियो ।  सरकारले  कित्ताकाटमा गरिएको कडाइले  गत आवमा नेपालभर पाँच लाख ३७ हजार दुई सय ९५ वटा घरजग्गाको कारोबार भएका थिए । समीक्षा अवधिको साउनमा ४३ हजार आठ सय ३५ र भदौमा ३२ हजार सात सय ८९ वटा घरजग्गा खरिद–बिक्री भएका थिए । असोजमा यस्तो कारोबार ३० हजार पाँच सय २७ वटामा सीमित भएको छ ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ