चालु आवको असोज मसान्तसम्म बैंकहरुको निक्षेप ५९ खर्ब २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । असोज महिनामा वाणिज्य बैंकहरूको निक्षेप एक खर्ब ३३ अर्ब ५५ करोड रुपैयाँ बढेको हो । भदौ मसान्तसम्म वाणिज्य बैंकहरूमा ५७ खर्ब ८८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप राखिएको थियो ।
यद्यपि, अझै वाणिज्य बैंकहरूमा ऋण दिन मिल्ने रकम भने ६ खर्ब ८६ अर्ब रुपैयाँ छ । असोज मसान्तसम्म बैंकहरूको कर्जा निक्षेप अनुपात ७८.४१ प्रतिशत छ । बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म हुने गरी ऋण दिन पाउँछन् । त्योअनुसार अझै निक्षेपको ११।५९ प्रतिशतबराबरको रकम बैंकहरूले ऋण दिन पाउँछन् । अहिले वाणिज्य बैंकहरूको कुल निक्षेप ५९ खर्ब २२ अर्ब रुपैयाँ छ । त्यसको ११।५९ प्रतिशत रकम ६ खर्ब ८६ अर्ब रुपैयाँ हुनेछ ।
साझा अर्थ संवाददाता