पात्रो

रेडियो

समाचार खोजी

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग

साझा अर्थ संवाददाता २ कार्तिक २०८१, शुक्रवार

काठमाडौं ।  सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैया सहयोग प्रदान गरेको छ ।

गत असोज १० देखि १२ गतेसम्म देशभर भएको अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण जनधनको क्षति व्यहोर्नु परेकोले यस दुःखद् घडीमा बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको बैंकले जनाएको छ । 

बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको उल्लेख गरेको छ । 

 

 
206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता