पात्रो

रेडियो

समाचार खोजी

१५ प्रतिशत लाभांस पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा

साझा अर्थ संवाददाता १ कार्तिक २०८१, बिहिवार



काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांस पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  कार्तिक ३० गते शुक्रबार काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने सभामा आव २०८०÷८१ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  
 
लाभांश वितरण तथा साधारण सभाको प्रयोजनको लागि कम्पनीले कात्तिक ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

237 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता