जय अम्बे स्टिल्स लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सार्वजनिक निष्कासन प्रक्रियाका लागि कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।
नेपालको सबैभन्दा ठुला व्यावसायिक समूहहरूमध्येको एक अम्बे ग्रुपको वार्षिक कारोबार ४००० करोडभन्दा बढी रहेको छ। जय अम्बे स्टिल्स अम्बे ग्रुपको दोस्रो स्टिल उद्योग हो। शोभाकर (हरि) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रही २०७६ मा स्थापना भएको जय अम्बे स्टिल्स लिमिटेडको उत्पादन क्षमता एक हजार टन प्रतिदिन रहेको छ।
बाँकेको नेपालगन्जमा उद्योग रहेको यो कम्पनीले हाल इन्डक्सन फर्नेसबाट टिएमटी स्टिल, एमएस बिलेट, एमएस फ्लाट, एमएस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ। जय अम्बे स्टिल्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण सामग्री उपलब्ध गराइरहेको छ।
यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ भने स्टिल आयातको आवश्यकतालाई पनि कम गरेको छ । कम्पनीले उत्पादन विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ।

साझा अर्थ संवाददाता