दशै विदाको अघिल्लो दिन सेयर बजार ४.८५ अंकले बढेको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेप्से ४.८५ अंकले बढेर २६६८.१७ बिन्दुमा पुगेको छ।
बुधबार नेप्सेमा कुल ३ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ४६ करोड र सोमबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये १३० कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
साझा अर्थ संवाददाता