आज नेप्से परिसुचक २७.३९ अंकले घटेर २६६३.३२ अंकमा खुम्चिएको छ । आज ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारमा किनबेच भएको छ ।
यो दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स उपसमूहको सूचक २.७६ प्रतिशतले करेक्सन भयो । बजारका अन्य सबै उपसमूहको सूचकमा पनि आज राताम्य भयो ।
बैंकिंग समूह ०.३६ प्रतिशतले घटेको यो दिन विकास बैंक समूहमा १.१७ प्रतिशत, होटल र टुरिजममा १.९३ प्रतिशत, जलविद्युत समूहमा १ प्रतिशत, इन्भेष्टमेन्ट समूहमा १.४५ प्रतिशत, जीवन बीमा समूहमा १.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७५ प्रतिशत, माइक्रोफाइनान्समा ०.९१ प्रतिशत र निर्जीवन बीमा समूहमा १.४५ प्रतिशतको गिरावट आयो ।
साझा अर्थ संवाददाता