सेयर बजारको वृद्धि क्रमले सोमबार पनि निरन्तरता पाउँदै ३७.१३ विन्दुले बढेर २६९०.७२ अंकमा पुगेको छ । आज ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ११ वटा समूहका सूचक बढेका छन् ।
यस दिन ३०५ कम्पनीको १ करोड ५८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा चन्द्रागिरी हिल्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन रिइसुरेन्स परेका छन् ।
साझा अर्थ संवाददाता