पात्रो

रेडियो

समाचार खोजी

अप्पर तामाकोशी एक महिनाभित्र आंशिक संञ्चालनको तयारी

साझा अर्थ संवाददाता २१ असोज २०८१, सोमवार

 


बाढीेले क्षेतिग्रस्त अप्पर तामाकोशी परियोजनालाई एक महिना भित्र आंशिक सञ्चालन गर्ने तयारी गरिएको छ । कम्पनीले डिस्यान्डरमा थुप्रिएका ढुंगा, लेदोलगायतको थुप्रो हटाइसकेको छ । सो क्षेत्रमा बैकल्पिक विद्युत् पु¥याइएपछि मोटर प्रयोग गरेर बाँध, नहर र डिस्यान्डरमा थुप्रिएको ढुंगा, लेदोलगायतका थुप्रै हटाइएको छ । बायाँ डिस्यान्डरलाई सामान्य मर्मत गरेर अल्पकालीन ९आंशिक० रूपमा सञ्चालन गर्न सकिने देखिएको छ । साथै, त्यहाँ बाँधबाट नहर हुँदै पानी पु¥याउन पनि सकिने देखिएको छ । परियोजनालाई एक महिनामा अल्पकालीन रूपमा सञ्चालन गर्न सकिने देखिएको अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए ।

 क्षतिग्रस्त संरचनालाई पुनस्र्थापना गर्न भने कम्तीमा ६–७ महिना लाग्ने अनुमान गरिएको छ । अहिले बायाँ डिस्यान्डरलाई अल्पकालीन रूपम सञ्चालन गर्ने र दायाँ डिस्यान्डर तथा कल्भर्ट ९बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर० मर्मतको काम अघि बढाउने योजना बढाइएको छ । त्यहाँ ठुला–ठुला ढुंगा पनि रहेका छन्, त्यसलाई केमिकल प्रयोग गरेर फुटाउने तयारी छ । त्यसको पुनर्निर्माण गरेर सकेपछि बायाँ डिस्यान्डर प्रयोग गर्ने र दायाँको डिस्यान्डर तथा कल्भर्टको मर्मत गर्ने योजना बनाइएको छ । तर, कन्ट्रोल बिल्डिङ बनाउन भने केही समय नै लाग्ने देखिएको छ । पुरानो ठाउँमै कन्ट्रोल बिल्डिङ बनाउँदा भविष्यमा पनि यस्ता समस्या आउने जोखिम रहन्छ । तसर्थ, पुरानै ठाउँ वा अन्यत्रै कन्ट्रोल बिल्डिङ बनाउने विषयमा इन्जिनियरिङ परामर्श लिने तयारी भएको कम्पनीको भनाइ छ ।

328 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता