दशैलागेपछिको पहिलो दिन नेप्से ५६.०९ अंकले बढेको छ । २.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६५३.५८ अंकमा पुगेको हो ।
आज फाइनान्स समूह सबैभन्दा बढी ६.३० प्रतिशतले बढेको हो ।
३०८ कम्पनीका १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५।७० रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन ङादी हाइड्रो, मध्ये भोटेकोशी, इस्टर्न हाइड्रो, गुडवील फाइनान्स र सिनर्जी पावरका लगानीकर्ताहरुले बढी नाफा कमाए ।
आज शाहस उर्जाको ६३ करोड ८३ लाख ५८ हजार १ सय ८७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साझा अर्थ संवाददाता