पात्रो

रेडियो

समाचार खोजी

आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउँदै सेक्युर्ड सेक्युरिटिज

साझा अर्थ संवाददाता १८ असोज २०८१, शुक्रवार

 

 सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आइतबार देखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ ।  
 आइतबारबाट हाल सञ्चालनमा रहेको टीएमएस बन्द हुने जानकारी गराउँदै कम्पनीले लगानीकर्तालाई आधिकारिक इमेलमा नयाँ टीएमएसको युजरआइ र पासवर्ड उपलब्ध गराउने जानकारी गराएको छ । नयाँ टीएमएस सम्बन्धी तालिम लिन इच्छुक लगानीकर्ताले यस ब्रोकर कार्यलयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । 
   
नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको जानकारी दिइएको छ । यसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाई छ । 

 

 

294 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्