पात्रो

रेडियो

समाचार खोजी

अरुण भ्यालीका लगानीकर्तालाई ३ प्रतिशत बोनश सेयर

साझा अर्थ संवाददाता १८ असोज २०८१, शुक्रवार

 

अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले ३ प्रतिशत बोनश सेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको  असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कार्तिक १४ गते हुने बार्षक साधारण सभा मार्फत सो प्रस्ताव पारित गर्ने छ । 

 सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०र८१ सम्मको सेयर प्रिमियम, सञ्चितिबाट हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन आउने नगद लाभांश९कर प्रयोजनका लागि० वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

403 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता