पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेश सरकारले दीर्घकालीन योजनामा मात्र बजेट विनियोजन गर्ने

साझा अर्थ संवाददाता १० असोज २०८१, बिहिवार

दोलखाः बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बागमती प्रदेश सरकारले आगामी दिनमा दीर्घकालिन योजनामा मत्र बजेट विनियोजन गर्ने बताउनु भएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री काफ्लेले सो कुरा बताउनु भएको हो । 
सदरमुकाम चरिकोटमा बागमती प्रदेशद्वारा आयोजना गरिएको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री काफ्लेले प्रदेश र स्थानीय सरकार दुवै मिलेर जनतालाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । जनतालाई उत्पादनसँग जोड्न सकिएमात्र देशमा आर्थिक समृद्धी आउने उहाँको भनाई थियो । अर्को एक प्रसंगमा मन्त्री काफ्लेले जिल्लामा नभएका प्रदेश सरकारका कार्यालयहरू जिल्लामा नै स्थापना गर्ने बागमती प्रदेश सरकारले तयारी गरिरहेको जानकारी  दिनुभयो ।

268 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता