साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ४९.१८ अंकले बढेर २ हजार ५१९.५७ विन्दुमा पुगेको छ ।
दिन ३२७ वटा कम्पनीको १ करोड २४ लाख९८ हजार ९८९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन मंगलबार १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यो दिन बजार घटेपनि काराबोर भने घटेको अवस्था छ ।त्यस्तै राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा पुगेको छ।
यो दिन २२३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको मूल्य भने स्थिर छ ।
यस दिन पाँच ओटा अलग- अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन लघुवित्त, यूनिक नेपाल लघुवित्त,थ्रीस्टार हाइड्रोपावर,सगरमाथा जलविद्युत कम्पनी र न्यादी हाइड्रोपावर छन् ।
साझा अर्थ संवाददाता