पात्रो

रेडियो

समाचार खोजी

इटहरीमा २ अर्बको लगानीमा विन्डह्याम रिसोर्ट र कन्भेन्सन सेन्टर निर्माण सुरु

साझा अर्थ संवाददाता २८ जेठ २०८३, बिहिवार

काठमाडौँ, २८ जेठ:  कोशी प्रदेशकै सबैभन्दा ठुलो र आधुनिक पर्यटकीय संरचनाका रूपमा सुनसरीको इटहरीमा करिब २ अर्ब रुपैयाँको लागतमा ‘विन्डह्याम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर’ को निर्माण सुरु भएको छ। एबी हस्पिटालिटीद्वारा सञ्चालित यस परियोजनामा एभरेष्ट बैंक र मुक्तिनाथ विकास बैंकले मुख्य वित्तीय लगानी गरेका छन्।

पर्यटन उद्यमी देशबन्धु बस्नेतको नेतृत्वमा इटहरीको भाटभटेनी नजिकै निर्माण भइरहेको यस सेन्टरमा एकैपटक ४ हजार पाहुना अटाउने क्षमता रहनेछ। सुविधासम्पन्न पूर्वाधारको अभावमा पूर्वी नेपालका ठुला सम्मेलन र गन्तव्य विवाहका लागि काठमाडौँ वा भारत धाउनुपर्ने बाध्यतालाई यसले अन्त्य गर्नेछ। द्रुत गतिमा विकास भइरहेको विराटनगर–इटहरी–धरान आर्थिक कोरिडोरमा अवस्थित यो रिसोर्टले आन्तरिक तथा छिमेकी देश भारत, भुटान र बङ्गलादेशका पर्यटकहरूलाई आकर्षित गर्दै पूर्वी नेपालको आर्थिक रूपान्तरण र रोजगारी सिर्जनामा ठुलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।

59 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु