पात्रो

रेडियो

समाचार खोजी

डिजिटल भुक्तानी सुरक्षा सुदृढ गर्दै बैंकहरू

साझा अर्थ संवाददाता २८ जेठ २०८३, बिहिवार

काठमाडौँ, २८ जेठ :  ई–कमर्स र अनलाइन कारोबारमा वित्तीय जोखिम न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूले प्राविधिक सुरक्षा प्रणालीलाई आक्रामक रूपमा भित्र्याउन थालेका छन्। यसै क्रममा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड को 'थ्रीडी सेक्युअर्ड एसीएस' प्रणाली अपनाएको छ।

यो प्रविधि लागू भएसँगै डेबिट तथा क्रेडिट कार्डमार्फत हुने अनलाइन भुक्तानीमा ओटीपी सहितको अतिरिक्त प्रमाणीकरण अनिवार्य हुनेछ, जसले अनाधिकृत डिजिटल कारोबार रोक्न सघाउनेछ। नेपालमा ई–कमर्सको प्रयोग बढेसँगै डिजिटल ठगी र सुरक्षा चुनौती थपिएकाले बैंकहरूले कार्ड सुरक्षा कडा बनाउन थालेका हुन्। हाल बैंकिङ क्षेत्रमा यो प्रविधिको माग बढ्दो छ र एभरेष्ट, मुक्तिनाथ, सिटिजन्स, प्रभु, सिद्धार्थ, लक्ष्मी सनराइजसहित दर्जनभन्दा बढी वाणिज्य तथा विकास बैंकहरूले यसअघि नै एनसीएचएलको यो साझा प्लेटफर्म प्रयोग गर्दै आएका छन्।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु